काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९५हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्