काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले तयार पार्ने (लङ फर्म अडिट रिपोर्ट) लेखापरीक्षण प्रतिवेदनको संशोधन गरेको छ । राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन गरेको हो ।
राष्ट्र बैंकले परिवर्तित लेखापरीक्षण्को प्रतिवेदन ढाँचा गत आर्थिक वर्ष २०८१÷८२ को रिपोर्ट तयार पार्दादेखि नै कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको संशोधित व्यवस्था अनुसार अब लेखापरीक्षकले जोखिम व्यवस्थापनबारे दिनुपर्ने राय थप गर्दै कर्जा जोखिमतर्फ गैरबैंकिङ सम्पत्ति, ईएसआरएम, जोखिम व्यवस्थापन समितिबारे पनि राय दिनुपर्ने व्यवस्था गरेको छ ।
यसैगरी सञ्चालन जोखिमतर्फ आईटी र साइबर सेक्युरिटी जोखिमबारे पनि राय दिनुपर्नेछ । आन्तरिक नियन्त्रण प्रणालीतर्फ कम्प्लायन्स फंक्सन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदन, डिजिटल बैंकिङसमेतबारे राय थप गर्नुपर्नेछ ।






प्रतिक्रिया दिनुहोस्