Skip to content

स्राेत नखुलेकाे साउदी रियाल ३५ हजार ९ सयसिहत मोहमद खुर्सिद आलम पक्राउ

nabil bank

राजविराज । प्रहरीले राजविराज विमानस्थलबाट ठूलो मात्रामा आज विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम छन् ।

प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँचको क्रममा उनीसँग स्रोत नखुलेको साउदी रियाल ३५ हजार ९ सय ७६ बरामद गरेको हो ।

उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime