काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई पदमुक्त गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनको सुझावका आधारमा आज बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
ओझालाई सरकारले फागुन १२ गते नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्