काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा राज्यले पुँजी बजारबाट २ अर्ब १५ करोड रुपैयाँभन्दा धेरै लाभकर उठाएको छ ।
राज्यले चालु आवको साउन महिनामा पुँजी बजारबाट २ अर्ब १५ करोड ७५ लाख ६९ हजार ६१ रुपैयाँ लाभकर उठाएको हो ।
यस अवधिमा पुँजी बजारका व्यक्तिगत लगानीकर्ताले लामो समय अवधिको सेयर बेचेर ६५ करोड २ लाख ५९ हजार ८६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यसैगरी, छोटो अवधिको सेयर बेचेर एक महिनामा व्यक्तिगत लगानीकर्ताले १ अर्ब २१ करोड ४१ लाख ४२ हजार ५९६ रुपैयाँ लाभकर तिरेका छन् ।
संस्थागत लगानी कर्ताले यस अवधिमा २९ करोड ३१ लाख ६६ हजार ५९४ रुपैयाँ बराबरको लाभकर तिरेका छन् । नयाँ आर्थिक वर्ष सुरूभए यता पुँजी बजार जम्मा ८२ अंकमात्र बढेको छ । यस बिचमा पुँजी बजार ३ हजार बिन्दु माथि पुगेर फर्किएको हो ।






प्रतिक्रिया दिनुहोस्