Skip to content

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, कञ्चनपुरको टोलीले यादवलाई घुससहित पक्राउ गरेको थियो । सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

अनुसन्धानको सिलसिलामा यादवले घुस÷रिसवत माग गरी लिएको स्थापित भएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime