काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज मंगलबारको बजारमा चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी दुई हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्