काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छाडपर्वका लागि विभिन्न अफर ल्याएको छ ।
बैंकले विशेष सुविधासहितको गाडी कर्जा योजना ल्याएको छ । गाडी खरिद गर्नेले ६.२९ प्रतिशतमा कर्जा पाउनेछन् ।
बैंकको पछिल्लो आधारदर ५.७९ प्रतिशत छ । त्यसमा ०.५ प्रतिशत थपेर ६.२९ प्रतिशत ब्याजमा कर्जा दिने बैंकले जनाएको छ ।
बैंकले दसैं, तिहार पर्वलाई लक्षित गरि यो योजना ल्याएको जनाएको छ ।
बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवम ६० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्