Skip to content

सुनको मूल्य एकै दिनमा १६०० रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात मंगलबार घटेको सुन र चाँदीको मूल्य बुधबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ घटेको हो। मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ। मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime