काठमाडौं । सिटी होटल कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले भदौ २३ गतेदेखि हाल कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
हाल कायम रहेका सेयरधनीले १० कित्ता बराबर ८ कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्कासन गर्नका लागि साउन २७ गते बुकक्लोज गरेको छ । तसर्थ साउन २६ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।






प्रतिक्रिया दिनुहोस्