काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९३हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज तोलामा ३५ रुपैयाँले बढेर २ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्