Skip to content

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम बैंक, राष्ट्रिय स्तरका विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

उक्त रकम मुद्दति निक्षेपमा लिनका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सकिने छ । यसको अवधि ३६६ दिन रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime