काठमाडौं । रिभर फल्स पावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्सकान गर्ने भएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीले भदौ २३ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि साउन २६ गते बुक क्लोज गर्ने भएको छ । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेद न दिन सक्नेछन् । हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हकप्रद सेयरमा आवेदन दिँदा बिक्री प्रबन्धकका साथै प्रभु बैंकको पोखरा, वीरगंज, इलाम, लमजुङ, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्कासन पश्चात १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।






प्रतिक्रिया दिनुहोस्