Skip to content

अभियान लघुवित्त वित्तीय संस्थाले ६० जनालाई रोजगारी दिने

nabil bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले ६० जनालाई रोजगारी दिने भएको छ । कम्पनीले अधिकृतदेखि कनिष्ठ सहायक (प्रशिक्षार्थी)सम्मलाई रोजगारी दिन लागेको हो ।

कम्पनीले अधिकृत २ जना, कनिष्ठ अधिकृत ७ जना, सुपरभाइजर १७ जना, बरिष्ठ सहायक ७ जना, सहायक ९ जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी) १८ जनालाई रोजगारी दिन लागेको छ ।
सम्बन्धित पदमा आवेदन दिनका लागि २ देखि ५ वर्षको अनुभव भएको हुनुपर्ने छ ।

सहायक श्रेणीमा १८ देखि ३५ वर्ष ननाघेका र अधिकृत तहमा २१ वर्ष पुरा भएर ४० वर्ष ननाघेका आवेदकले आवेदन दिन पाउनेछन् । महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थपिने छ । छनोटका लागि लिखित परीक्षा र अन्तवार्ता हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime