काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज तोलामा २० रुपैयाँले बढेर २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्