Skip to content

मेची भन्सारको राजस्व ७.७४ प्रतिशतले बढ्यो

nabil bank

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७४ प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार गत आवको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
‘मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट छ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ’, उनले भने ।

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैंची,अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime