Skip to content

नेप्सेमा ५ म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा कारोबार हुन्छ ?

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले  भदाै ५ गते (बिहीबार) ५ कम्पनीको मूल्य समायोजन गरेको छ । बिहीबार नेप्सेमा सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र ३ तथा सिद्धार्थ इक्विटी फण्डको एकाइमूल्य समायोजन भएको हो।

यस दिन सानिमा ग्रोथ फण्डको १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २१.०५ प्रतिशत लाभांश समायोजन भएको हो। समायोजनपश्चात यी दुई फण्डहरुको एकाइ मूल्य क्रमशः ९ रुपैयाँ २६ पैसा र ९ रुपैयाँ ५९ पैसा कायम भएको छ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को १७ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डको २० प्रतिशत लाभांश समायोजनपश्चात इकाईमूल्य क्रमशः ९ रुपैयाँ ५३ पैसा, ९ रुपैयाँ ३२ पैसा र ९ रुपैयाँ ४८ पैसा कायम भएको छ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले यी फण्डहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा सानिमा ग्रोथ फण्डको अन्तिम एकाइ मूल्य १० रुपैयाँ ८४ पैसा, सानिमा लार्ज क्याप फण्डको ११ रुपैयाँ ६९ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ११ रुपैयाँ ५३ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को ११ रुपैयाँ २ पैसा र सिद्धार्थ इक्विटी फण्डको ११ रुपैयाँ ४८ पैसा कायम भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi