काठमाडौं । काठमाडौंमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । दिउंसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।
वर्षातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक भारी वर्षा हुंदा सडक जलमग्न हुने गरेको छ । यसले गर्दा आवतजावत गर्ने सवारी र यात्रु सधैं मर्कामा पर्ने गरेका छन् ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्