Skip to content

मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता

nabil bank

बागमती । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख रुपैयाँ फिर्ता गरेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१/८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरेको हो । आव २०८१/८२ मा सशर्त अनुदानतर्फ दुई अर्ब ९४ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब १२ करोड ३४ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ तीन करोड ५० लाख रुपैयाँ भुक्तानी गरिएकामा खर्च गर्न नसकेर ३२ करोड २२ लाख रुपैयाँ फिर्ता आएको हेटौंडाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए ।

विभिन्न कारणले स्थानीय तहहरूले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताए ।

त्यसैगरी, बागमती प्रदेश सरकारले आव २०८१/८२ मा खर्च गर्न नसकेको ४२ करोड रुपैयाँ फिर्ता भएको प्रमुख रेग्मीले बताए । बागमती प्रदेश सरकारलाई आव २०८१/८२ मा ११ अर्ब ९६ करोड रुपैयाँ बजेट भुक्तानी दिए पनि ११ अर्ब ४७ करोड रुपैयाँमात्र खर्च गर्न सकेकाले ४९ करोड रुपैयाँ रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime