काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात शुक्रबार घटेको सुन र चाँदीको मूल्य आइतबार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ बढेको हो । शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढको छ। शुक्रबार तोलाको २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्