Skip to content

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

nabil bank

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईले जानकारी दिए । उनका अनुसार गत आवमा ३ अर्ब ८८ करोड ४३ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा १ अर्ब ५४ करोड २८ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ८० करोड ८२ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाख रुपैयाँले बढेको छ । गत आव २०८१/८२ को साउन महिनामा एक अर्ब ११ करोड ३२ लाख रुपैयाँ राजस्व संकन भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime