Skip to content

मेडिसिटी अस्पतालले गर्यो एक वर्षमा साढे २ अर्बभन्दा धेरैको व्यापार

nabil bank

काठमाडौं । गत आर्थिक वर्षमा गैरआवासीय नागरिक तथा व्यवसायी उपेन्द्र महतोको लगानीमा रहेको नेपाल मेडिसिटी अस्पतालले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ब्यापार गरेको छ ।

गत आर्थिक वर्षमा यस अस्पतालले २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यस अस्पतालको व्यापार अघिल्लो आवको तुलनामा घटेको छ । अघिल्लो आवमा यसले २ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको व्यपार गरेको थियो ।

यसैगरी, यस अस्पतालले सन् २०२३ मा २ अर्ब ८२ करोड, सन् २०२२ मा २ अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अबै ९४ करोड १४ लाख रुपैयाँको रेटिङ गराएको छ । अस्पतालको दीर्घकालीन कर्जाको लागि रेटिङ एजेन्सि केएर रेटिङ नेपालले ‘केएर–एनपी डबलबी’ र अल्पकालिन कर्जाको लागि ‘केएर–एनपी एफोर’ रेटिङ दिएको छ ।

यस कम्पनीले नेपाल मेडिसिटी हस्पिटलको नामबाट सन् २०१७ बाट व्यावसायिका कारोबार सुरु गरेको थियो । हस्पिटल नेपालको पहिलो हस्पिटल एन्ड हेल्थकेयर प्रोभाइडर्स इन्टरनेशनलद्वारा मान्यता प्राप्त अस्पताल हो । हस्पिटलले २ सय ४७ वटा शय्या क्षमताको साथ सेवा दिँदै आएको छ । हस्पिटलले विभिन्न प्रकारका विशेष स्वास्थ्य सेवा सुविधा प्रदान गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime