Skip to content

नाडा अटो शोमा जिली ईएक्स५ को किर्तीमानपूर्ण बुकिङ

nabil bank

काठमाडौं । नाडा अटो शोमा जिली ईएक्स५ विद्युतीय गाडीको बुकिङमा किर्तीमानी कायम गरेको छ ।

ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्स प्रा. लि. नाडाको क्रममा कुल १८७ गाडीहरुको बुकिङ लिएको जनाएको छ ।

म्याक्स र प्रो गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको यो गाडीको स्टलमा ठूलो संख्यामा दर्शकहरूको भिड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण ईएक्स५ ले भरपर्दो, प्रिमियम र स्टाइलिश ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको जनाएको छ ।

‘नाडामा जिली ईएक्स५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ’ एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने ‘छ दिनमै १८७ वटा बुकिङ हुनु जिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो । यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय ईभी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।’

श्रेष्ठका अनुसार, जिली ईएक्स५ श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो ।

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ । जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो । साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेण्टि समेत दिएको छ ।

एलआरआर मोटर्सका अनुसार, नाडामा जिली ईएक्स५को सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवद्र्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको जनाएको छ । बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime