Skip to content

५ हजार डलरसम्म नेपाल ल्याउँदा भन्सार घोषणा गर्नु नपर्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ हजार डलरसम्म नेपालमा भित्र्याउँदा वा लैजाँदा भन्सार घोषणा गर्नु नपर्ने जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबर अन्य विदेशी मुद्रा सहज रूपमा नेपालमा ल्याउन वा लैजानसक्ने व्यवस्थ गरेको जनाएको छ ।

त्यो भन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सार कार्यालयमा खुलाउनुपर्ने छ । राष्ट्र बैंककाअनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ९९९क० को आधारमा कायम गरिएको हो ।

भारतीय रुपैयाँको प्रयोगसम्बन्धी प्रतिवन्धहरूबारे समेत यस्तै राष्ट्र बैंकले राजपत्रमा उल्लेख भएअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० का नोट नेपालमा प्रयोग गर्न पाइँदैन । राष्ट्र बैंकले २००, ५०० र २००० भारतीय रुपैयाँ दरका नोट नेपाल भित्र्याउन साथमा राख्न वा कारोबार गर्न नपाउने स्मरण गराएको छ ।

‘नेपालभित्र भारतीय रुपैयाँ २००, ५०० र २ हजारका नोट साथमा राख्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानून विपरीत हुनेछ’ सूचनामा भनेको छ । राष्ट्र बैंकले यसबारेमा सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime