Skip to content

आईपीओ निष्कासन गरेको बन्दीपुर केवलकारको ईपीएस र नाफा ऋणात्मक, को-को छन् सञ्चालक ?

nabil bank

काठमाडौं । बन्दीपुर केवलकार कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेशमा गएका नेपालीका लागि सेयर निष्कासन गरेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

आईपीओ निष्कासन गरेको कम्पनीको अहिलेको वित्तीय स्थिती भने सन्तोषजनक छैन । आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी २.२३ रुपैयाँ ऋणात्मक छ । ९३.०२ रुपैयाँ नेटवर्थ भएको कम्पनी अहिले नोक्सानमा छ ।

असार मसान्तसम्म १६ करोड ६६ लाख ८९ हजार नोक्सानमा छ । आव २०८२÷०८३ मा नाफा ४ करोड ८० लाख ८६ हजार रुपैयाँ र आव २०८३/०८४ मा ५० करोड ८४ लाख ६८ हजार रुपैयाँ नाफा हुने प्रक्षेपण रहेको छ ।
यस्तै आव २०८२/०८३ मा ७.२४ रुपैयाँ प्रतिसेयर आम्दानी हुने कम्पनीको आव २०८३/०८४ मा १६.२७ रुपैयाँ हुने प्रक्षेपण रहेको छ ।

यस्तै आव २०८२-०८३ मा १०१.७० रुपैयाँ र आव २०८३/०८४ मा ११७.९७ पैसा प्रतिसेयर नेटवर्थ हुने जनाइएको छ । यो कम्पनीले आईपीओ निष्कासन गरेर प्राप्त भएको रकम नेपाल एसबिआई बैंकबाट लिएको कर्जा बापतको ९ करोड ९० लाख ३ हजार ५५१ रुपैयाँ र एनमबि बैंकबाट लिएको कर्जा १८ करोड ५८ लाख ९१ हजार ४७५ रुपैयाँ भुक्तानी गर्ने छ ।

यो आयोजनाको कुन लागत ३ अर्ब ८५ करोड रहेको छ । प्रक्षेपित लागत दर १०.२१ प्रतिशत रहेको छ । यसको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहेको छ । हाल कम्पनीको अध्यक्षमा रामचन्द्र शर्मा रहेका छन् भने सञ्चालकमा शिव शर्मा, तारानाथ उपाध्याय, कृष्ण राज अधिकारी, हरिदत्त पौडेल, रमा सापकोटा र स्वतन्त्र सञ्चालकमा बाबुराम अर्याल रहेका छन् ।

कम्पनीको ठूला सेयरधनीमा आर के डी होल्डिङ्सको १६.१३ प्रतिशत, टुरिजम इन्भेष्टमेन्ट फण्डको ४.५१ प्रतिशत, पञ्चासे केवलकार एण्ड टुर्सको २.२४ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै रोशन घिसिङको १.५६ प्रतिशत, अध्यक्ष शर्माको १ लाख ८७ हजार, सञ्चालक शिव शर्माको ८७ हजार ७१० कित्ता, तारानाथ उपाध्यायको २५ हजार कित्ता, कृष्ण राज अधिकारीको ३९ हजार, हरिदत्त र्पौडेलको ४३ हजार ५०० कित्ता र रमा सापकोटाको ५५ हजार कित्ता सेयर स्वामित्व छ ।

आर.के.डी. होल्डिंग्स लिमिटेडको अध्यक्षमा रामचन्द्र शर्मा रहेका छन् भने सञ्चालकमा किरण पोखरेल, धर्मराज भण्डारी, अम्बिका प्रसाद पौडेल, धन प्रसाद पाध्या र सविना आचार्य रहेका छन् ।

यस्तै टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको अध्यक्षमा रामचन्द्र शर्मा रहेका छन् भने दिपक गौतम, राधा ढकाल, शैलेस आचार्य, महेश कुमार सिक्देल र नन्द श्रेष्ठ रहेका छन् । पञ्चासे केवलकार एंड टुर्स लिमिटेडमा चिन्तामणि शर्मा प्रवन्ध सञ्चालक रहेका छन् भने सञ्चालकमा प्रेम शर्मा सुवेदी, प्रेम गिरी, कृष्ण बहादुर ढकाल, विष्णु गुरुङ र शुशिला गुरुङ रहेका छन् ।

यता सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा मनोहर दास मोलु रहेका छन् भने सञ्चालकमा अजित राज गुनवारदेन, अरुण राज श्रेष्ठ, सिद्धार्थ मणी राजभण्डारी, लोकमान गोल्छा, पदम ज्योति, बिजन भट्टराई र निर्मला देवी मानन्धर रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime