Skip to content

काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसको व्यापार साढे ४ अर्ब

nabil bank

काठमाडौं । काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गत आर्थिक वर्षको ९ महिनासम्मको व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । गत आवको ९ महिनामा यस कम्पनीले साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ५३ करोड ८० लाख रुपैयाँको गरेको जानकारी दिएको छ । यो कम्पनीले सन् २०२४ मा ५ अर्ब ८६ करोड ७० लाखको व्यापार गरेको थियो । यसैगरी, कम्पनीले सन् २०२३ मा ५ अर्ब ३७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ४ अर्ब २२ करोड २० लाख, २०२१ मा २ अर्ब ८९ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ६४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यो कम्पनी नेपालमा एफएमसीजी वस्तु आयात गर्ने कम्पनी हो । यसअन्तर्गत प्रशोधित खाद्यपदार्थ, ट्यलिट्रीज, कस्मेटिक, ओभर द काउन्टर औषधि लगायतका वस्तुहरू मोन्डेलेज, कोलगेट–पामोलिभ, रेकिट बेन्किसर, बिकानो, टिफानी लगायतका स्थापित ब्रान्डहरूबाट आयात गरी बिक्री गर्दै आएको छ ।

यो कम्पनीको कम्पनीको स्थापना २००४ मा भएको हो । जसले १९९२ देखि सञ्चालनमा रहेको एक एकल स्वामित्व फर्मको व्यवसायलाई आफ्नो मातहत ल्याएको हो । यस कम्पनीमा तीन जना व्यक्तिहरूको सेयर स्वामित्वमा रहेको छ ।

कम्पनीमा बल्लभराज सिग्देलको ६७ प्रतिशत सेयर रहेको छ भने उनका भाइ श्विजयराज सिग्देलको ११ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसैगरी, यस कम्पनीमा समीर विक्रम थापाको २२ प्रतिशत सेयर हिस्सा रहेको छ । कम्पनीका कार्यकारी अध्यक्षमा बल्लभराज सिग्देल छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime