काठमाडौं । नेपाल राष्ट्र बैंकले आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको छ ।
फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई राष्ट्र बैंकले भदौ ९ गते स्वीकृति दिएको हो । अब फाइनान्सले ‘आईसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ जारी गर्ने छ । यसको ब्याजदर ८ प्रतिशत रहेको छ ।
फाइनान्सले प्रति इकाई एक हजार रुपैयााका दरले ५० करोड रुपैयाँको ५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने छ ।






प्रतिक्रिया दिनुहोस्