Skip to content

सेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी

nabil bank

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबार सुरु भएको केही समयदेखि घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार राताम्मे हुँदा २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा २४ कम्पनीको मूल्य भने बढेको छ । बजार ३८.१० अंकले घटेर परिसूचक २७८१ बिन्दु कायम भएको छ । कारोबारमा ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा विकास हाइड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मैलुङ खोला, थ्री स्टार हाइड्रो, एनएलजी इन्स्योरेन्स, पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ओरियन्टल होटल, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिकलेश हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime