Skip to content

टाइगर प्यालेस बाई सोल्टीले एक वर्षमा गर्यो ४२ करोडको व्यापार, सञ्चालन नाफा उत्साहजनक

nabil bank

काठमाडौं । टाइगर प्यालेस बाई सोल्टी हाेटलको व्यापार गत आर्थिक वर्षमा बढेको छ । गत आर्थिक वर्षमा यस हाेटलले ४२ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

यस  हाेटलले सन् २०२४ मा २३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरको छ । यसैगरी सन् २०२३ मा १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ७ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसैगरी, सन् २०२१ देखि सञ्चालन घाटामा रहेको यस होटल गत वर्षदेखि सञ्चालन नाफामा आएको छ । गत वर्ष होटलको यस्तो नाफा मार्जिन ५२.८ प्रतिशत कायम भएको छ ।

यता कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ४९ करोड रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २८ करोड रुपैयाँको रेटिङ गराएको हो ।

सन् २०१४ जनवरीमा दर्ता भएको टाइगर वन प्रालि रूपन्देही जिल्लाको भैरहवामा अवस्थित रहेकाे छ । याे पाँचतारे स्तरको एकीकृत क्यासिनो रिसोर्ट ‘टाइगर प्यालेस बाई सोल्टी’ (पहिलेको नाम टाइगर प्यालेस रिसोर्ट) को स्वामित्व र सञ्चालनकर्ता हो ।

यस रिसोर्टले सन् २०१७ नोभेम्बर २९ देखि व्यावसायिक सञ्चालन सुरु गरेको हो भने हालै सन् २०२४ नोभेम्बरमा यसलाई पुनःब्रान्डिङ गरी टाइगर प्यालेस बाई सोल्टी नाम दिइएको हो। यो होटल नेपालकै पहिलो पाँचतारे एकीकृत क्यासिनो रिसोर्ट हो।

सात बिगाहाभन्दा बढी जग्गामा फैलिएको यस रिसोर्टमा हाल १०२ वटा कोठा रहेका छन्। सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले टाइगर वन प्रालिमा १०० प्रतिशत सेयर स्वामित्व  छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime