Skip to content

अलिपे प्लस अब फोनपे नेटवर्कमा

nabil bank

काठमाडौं । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) फोनपे ले अलिपे प्लससँग ऐतिहासिक साझेदारी गर्दै आफ्नो इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत गर्न सक्षम भएको छ ।

यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीले जनाएको छ । एकीकरणपछि चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटाली लगायतका ११ भन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो परिचित होम ई–वालेट प्रयोग गरी नेपालमा सजिलै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अब यी भुक्तानी सुविधा नेपालभरका १७ लाखभन्दा बढी फोनेपे क्यूआर–सक्षम व्यवसायीमा उपलब्ध हुनेछ ।

जसले पर्यटकहरूलाई नगद बोकेर हिँड्नुपर्ने वा मनी एक्सचेन्ज खोज्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज, सुरक्षित र सुविधाजनक अनुभव दिनेछ ।

कार्यक्रममा एन्ट इन्टरनेशनलका दक्षिण-पूर्वी एशिया, दक्षिण एशिया र एएनजेड क्षेत्रका जनरल म्यानेजर एडवर्ड युएले नेपालको डिजिटल भुक्तानी र पर्यटन पारिस्थितिकी तन्त्रको उन्नतिमा योगदान गर्न पाएको यो ऐतिहासिक क्षणलाई गर्वका साथ मनाउँने बताए । अलिपे प्लसले नेपालको बढ्दो डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउँदै भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक सम्बन्ध र पर्यटन समृद्धिको माध्यम बनाउन सक्छ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय उपभोक्ता दुवैलाई फाइदा पुर्याउने बताए ।

फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले अलिपे प्लस र फोनेपे नेटवर्कको एकीकरणले विश्वव्यापी इन्टरअप्रेबिलिटी र वित्तीय समावेशनतर्फ ठूलो कदम चालेको बताए । यस साझेदारीले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूलाई सजिलो बनाउने मात्र नभइ व्यवसायीलाई थप उपभोक्तासम्म पहुँच दिलाउने बताए ।

फोनेपे र अलिपेप्लस बीचको सहकार्य वित्तीय कारोबारमै सीमित नभइ यसले नेपाल र एशिया–प्रशान्त क्षेत्रबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँने बताए । बढ्दो पर्यटन र व्यापारसँगै, नेपालमा अलिपे प्लस भुक्तानीको स्वीकृतिले यात्रु अनुभवलाई सहज बनाउन, व्यवसायी आम्दानी बढाउन र अन्तरदेशीय सम्पर्कलाई सबल बनाउन सहयोग पुर्याउने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime