काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले ४ प्रतिशत बोनस र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि र बैंकको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्