Skip to content

निर्जीवन बीमा कम्पनीले १ महिनामा गरे सवा ४ अर्बको व्यापार, कुन कम्पनीको कति ? 

nabil bank

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा सवा ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । कम्पनीको व्यापार गत आर्थिक वर्षको साउन मसान्तको तुलनामा ८ करोड ५० लाख रुपैयाँमात्र बढेको छ । गत आर्थिक वर्षको साउनसम्म यस कम्पनीको बीमा शुल्क आर्जन ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ थियो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनमा १४ वटा निर्जीवन बीमा कम्पनीले २ लाख १५ हजार २८५ वटा बीमालेख जारी गरेका छन् । सो अवधिमा १० वटा बीमा कम्पनीको व्यापार बढेको छ । बाँकी ४ वटा बीमा कम्पनीको व्यापार घटेको छ ।

गत आवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै व्यापार भित्र्याउन सफल भएको छ । गत आवको तुलनामा व्यापार वृद्धिको हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ। चालु आर्थिक वर्षको साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

यसैगरी, गत आवको तुलनामा चालु आवमा सबैभन्दा धेरै व्यापार भित्र्याउन दोस्रो बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। चालु वर्षको साउनमा यो कम्पनीले ४१ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

यता शिखर इन्स्योरेन्स चालु आवको पहिलो महिनामा ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यसैगरी चालु वर्षको साउनमा ओरिएन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३६ करोड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ करोड ८१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

चालु आर्थिक वर्षको साउनमा नेसनल इन्स्योरेन्सले २३ करोड ६ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २२ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi