Skip to content

सेयर बजार र कारोबार रकम दुवै घट्यो

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापन नेप्से सूचक तथा सेयर कारोबार रकम दुवै घटेको । सेयर बजार मापन नेप्से सूचक आज ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ।

सेयर बजार मापक नेप्से सूचकसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ८ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आइतबार कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये आज विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा १.५९ प्रतिशत घटेको छ। यसैगरी, आज वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशत बढेको छ। यसैगरी, आशा लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । आज कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ४६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज हिमालयन रि इन्स्योरेन्सको करिब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यता हिमालयन डिष्टिलरीको कारोबार रकम २६ करोड नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime