काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थितमा निकै क्षति पुर्याएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोका कारण सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थितमा निकै क्षति पुर्याएको छ ।
गए रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले तीन वटा घर जोखिममा परेका छन् । यस्तै पहिरोले भैसी र पाडा पुरेको छ ।

आइतबार बिहान ४ः४५ बजे चौतारा साँगाचोकगडी नगरपालिका–९ स्थितमा लप्से–आहालमा आएको पहिरोले स्थानीय तिर्थबहादुर श्रेष्ठको गोठमा रहेका भैसी र पाडा पुगेको छ । पहिरोले गाई बस्तु बान्ने गोठ पूर्णरुपमा क्षति भएको श्रेष्ठले बताए । पहिरोका कारण तीन वटा घर जोखिममा परेका छन् । उक्त घरको आँगनबाट पहिरो बगेका कारण बस्न नसकिने श्रेष्ठको भनाइ छ ।
पहिरोले तिर्थबहादुरका साथै अक्कल बहादुर श्रेष्ठ र गोकर्ण बहादुर श्रेष्ठको घरमा क्षति पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्