काठमाडौं । सानिमा बैंकका ग्राहकले डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट-क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँ सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् । यो योजना २०८२ भदौ १५ देखि फागुन १४ गतेसम्म लागू हुनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट मार्फतमा उपलब्ध हुनेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्