काठमाडौं । बुङ्गल हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभवित स्थानीय, रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म प्रति सेयर आम्दानी ८.७२ रुपैयाँ ऋणात्मक थियो । यस्तै उक्त आवको असार मसान्तसम्म ७.०८ रुपैयाँ ऋणात्मक छ । आव २०८२/०८३ मा ५.७४ रुपैयाँ र आव २०८३/०८४ मा ७.७४ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
कम्पनीका अनुसार गत आवको चैत मसान्तसम्म ९२.१६ रुपैयाँ रहेको थियो भने गत आवको असार मसान्तसम्म ९३.४९ रुपैयाँ रहेको थियो । यस्तै आव २०८२/०८३ मा ९९.२३ रुपैयाँ र आव २०८३/०८४ मा १०६.९७ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । यस्तै गत आवको चैत मसान्तसम्म कम्पनीको संचिति नाफा ४ करोड १५ लाख ७० हजार रुपैयाँ ऋणात्मक रहेको छ भने गत आवको असार मसान्तसम्म ५ करोड ३३ लाख २१ हजार रुपैयाँ ऋणात्मक हुने प्रक्षेपण रहेको छ । यस्तै आव २०८२/०८३ मा ५६ लाख ८० हजार रुपैयाँ ऋणात्मक हुने र आव २०८३/०८४ मा नाफा ५ करोड ८५ लाख ८६ हजार रुपैयाँ हुने प्रक्षेपण रहेको छ ।
यो कम्पनीले १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगड जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । आयोजनाको प्रति मेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ । आयोजना निर्माण गर्दा हुने लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ लाग्ने छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २६ वर्ष १० महिना रहेको छ । यो रन अफ रिभर आयोजना हो ।
कम्पनीले आईपीओबाट संकलन भएको पैसा माथिल्लो सानीगाड जलविद्युत आयोजना (१०.७० मेगावाट) संचालन गर्ने रहेको र अन्य जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्न सक्ने भएको हुँदा हाललाई कम्पनीको भावी योजना यस आयोजनालाई सुचारु रुपमा सञ्चालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने रहेको छ ।
आईपीओ निष्काशनबाट संकलन भएको रकममध्ये २० करोड ७५ लाख रुपैयाँ कम्पनीले बैंकको ऋण भुक्तानी गर्नका लागि प्रयोग गर्नेछ। त्यस्तै, कम्पनीले ६ करोड ८० लाख रुपैयाँ सिभिल कार्यको भुक्तानी गर्न र १ करोड ५० लाख रुपैयाँ परामर्शदाता तथा अन्य दायित्व भुक्तानी गर्न प्रयोग गर्नेछ।
आयोजनाको जलान्जली इन्भेष्टमेन्ट प्रा.लि को १७.२६ प्रतिशत बुङ्गल हाइड्रो इन्भेष्टमेन्ट प्रा.लि. १४.५१ प्रतिशत, शिव शंकर इन्भेष्टमेन्ट प्रा.लि. को १४.२४ प्रतिशत, जय गणेश इन्भेष्टमेन्ट प्रा.लि. १३.४२ प्रतिशत, वरुण इन्भेष्टमेन्ट प्रा.लि १२.३८ प्रतिशत नुप्से इन्भेष्टमेन्ट प्रा.लि. २.१३ प्रतिशत, इन्दिता मल्ल १.८८ प्रतिशत, श्वेता दाहाल १.८५ प्रतिशत, शुभ लक्ष्मी हाइड्रो इन्भेष्टमेन्ट प्रा.१.८५ प्रतिशत, चोप नारायण श्रेष्ठ १.८५ प्रतिशत, भोलेश्वर दुलाल १.३३ प्रतिशत, कुमार बहादुर महर्जन १.०७ प्रतिशत, बासु देव ढुंगानाको १ प्रतिशत रहेको छ ।
जलान्जली इन्भेष्टमेन्ट प्रालिको अध्यक्ष विद्या लिम्बु, सञ्चालक उमेश श्रेष्ठ र राजेश कुमार श्रेष्ठ रहेका छन् । यस्तै नुप्से इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा बिष्णु प्रसाद शर्मा, सञ्चालकमा किशोर गौतम, रामेश्जर अर्याल, मनोज कुमार थापा रहेका छन् । यस्तै बुंगल हाइड्रोमा अध्यक्ष फत्ते बहादुर लिम्बु रहेका छन् सञ्चालकमा उमेश श्रेष्ठ र यज्ञ प्रसाद चापागाईं रहेका छन् ।
शिव शंकर इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा खगेश्वर बोहरा रहेका छन् भने सञ्चालक तिर्थ राज चटौत, धर्मराज जोशी, अभिशेक भण्डारी, हर्क बहादुर मल्ल, नादर पाण्डे र भुवन प्रसाद बोहरा रहेका छन् । यस्तै जय गणेश इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा तिर्थराज चटौत रहेका छन् भने सञ्चालकमा खगेश्वर बोहरा, खिमानन्द अवस्थि, दिपक राज चटौत, गणेश दत्त जोशी, हर्क बहादुर मल्ल र मदन राज पन्त रहेका छन् । बरुण इन्भेष्टमेन्ट कम्पनीको अध्यक्षमा शिव प्रसाद घिमिरे रहेका छन् । सञ्चालकमा अनमोल लाल श्रेष्ठ, संजय कुमार अटल र साकार पोखरेल रहेका छन् ।
यस्तै शुभ लक्ष्मी हाइड्रो इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा लक्ष्मी नारायण अर्याल, सञ्चालकमा झलक अर्याल र लक्ष्मी प्रसाद डुम्रे रहेका छन् । क्रेडिबल इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा शिक्षा भट्टचन र सचालकमा शुसान्त शेरचन, सम्झना अर्याल, विरेन्द्र जंग पाण्डे, शंकर गौतम, ज्योती शेरचन गौचन, अन्जु अधिकारी रहेका छन् । साम्राज्ञी कन्स्ट्रक्सन प्रालिको अध्यक्षमा शिशिर गौतम रहेका छन् ।
यस्तै एभरेष्ट ग्यासको अध्यक्षमा निशान भण्डारी, सञ्चालकमा शिव प्रसाद घिमिरे, लोकहर्ष शाक्य, दिलिप गोपाल राजभण्डारी, सुगम घिमिरे र इरेन जोशी रहेका छन् । प्रिमा ग्यासको अध्यक्षमा शिव प्रसाद घिमिरे रहेका छन् भने लोकहर्ष शाक्य रहेका छन् । त्रिशुल ग्यास उद्योग प्र्रालिको अध्यक्षमा शिव प्रसाद घिमिरे र सञ्चालकमा दिलिप गोपाल राजभण्डारी रहेका छन् । यस्तै फोर एफ भेन्चर्स प्रालिको अध्यक्षमा नृपेन्द्र श्रेष्ठ रहेका छन् । सञ्चालकमा रविन्द्र श्रेष्ठ, प्रज्वल राजभण्डारी र मनोज कुमार सिग्देल रहेका छन् ।
कम्पनीको अध्यक्षमा शिव प्रसाद घिमिरे रहेका छन् भने सञ्चालकमा खगेश्वर बोहोरा, तिर्थ राज चटौत, उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, विरेन्द्र बहादुर मल्ल रहेका छन् । कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको देखाउँछ ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँको २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति छ । जसमा ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, २ लाख ७ हजार ५०० कित्ता श्रम स्वीकृती लिई रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ।
कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । क्रम्पनीले सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँको १७ लाख १ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ ।यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।






प्रतिक्रिया दिनुहोस्