Skip to content

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९औं वर्षमा प्रवेश, बिमितको संख्या ७० लाख

nabil bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ९औं वर्षमा प्रवेश गरेको छ । उक्तअवधिमा रिलायबलको बिमालेख खरिद गर्ने बिमितको संख्या ७० लाख पुगेको छ ।

उक्त कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी बढेर अर्ब १९ करोड रुपैयाँ पुगेको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा २० अर्ब रुपैयाँ पुगेको जनाएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाइएको छ । कर्मचारी तथा सल्लाहकार समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रीय कार्यालयसम्म बिमा जागरणसहितको प्रभातफेरी र अरू शाखामा विभिन्न कार्यक्रम गरी आठौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime