Skip to content

रोकियो नाडाको विशेष साधारणसभा, ७ दिन भित्र उपस्थित हुन जिल्ला प्रशासन कार्यालयको निर्देशन

nabil bank

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ २४ गतेका लागि बोलाएको विशेष साधारणसभा नहुने भएको छ ।

नाडाले महासंघमा रुपान्तरण गर्न लागेको भन्दै विशेष साधाणसभा बोलाएको थियो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपालमा रूपान्तरण गर्न लागेको थियो । त्यसका लागि भदौ २४ गते विशेष साधारण सभा बोलाइसकेको थियो ।

यता जिल्ला प्रशासन कार्यालयले गैरकानूनी तरिकाले बोलाउन लागिएको विशेष साधारणसभा रोकी पाउँ भनी भदौ १६ गते निवेदन दर्ता भएको जनाएको छ । उक्त निवेदन दर्ता पछि विधान बमोजिम वार्षिक साधारणसभा नबोलाई के–कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? भन्दै प्रश्न गरेको छ ।

विशेष साधारणसभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७ (सात) दिनभित्र प्रशासन कार्यालयमा उपस्थित हुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime