काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । प्राधिकरणले मंगलबार जारी गरेको निर्देशनको अधीनमा रहेर बीमकले ‘लगानी नीति’ संचालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ ।
बीमकलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, बीमकको लगानी विविधीकरण हुने गरी विभिन्न क्षेत्रमा लगानी सक्ने व्यवस्था गर्ने, बीमकको तरलता तथा सम्पत्ति र दायित्वको अवधि मिल्ने गरी लगानी व्यवस्थापन गर्ने र बीमकको लगानी सम्बन्धी आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले निर्देशन जारी गरिएको हो ।
प्राधिकरणले जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म संस्थापक वा सर्वसाधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको पनि १५ प्रतिशतसम्म यस्ता कम्पनीमा सेयर लगानी गर्न पाउने भएका छन्। बीमा प्राधिकरणले गरेको बीमकको लगानी सम्बन्धी निर्देशन २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको १० प्रतिशतसम्म मात्रै यस्ता कम्पनीमा लगानी गर्न पाउने व्यवस्था थियो।
यसैगरी, लगानी गरिने कम्पनीहरूको पनि चुक्ता पुँजीको पाँच प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था २०८० को निर्देशनमा थियो। जीवन बीमा कम्पनीहरूले सरकारी ऋणपत्रमा गर्न सक्ने लगानी सीमा समेत बढाइएको छ। यसअघि कुल लगानीको २५ प्रतिशतसम्म यस्ता ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था रहेकोमा अहिले ३५ प्रतिशतसम्म गर्न सकिने व्यवस्था गरिएको हो।
जीवन बीमा कम्पनीले ‘ख’ वर्गका विकास बैंकहरूमा राख्न सक्ने निक्षेप सीमा पनि दश प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। ‘ग’ वर्गका वित्तीय संस्थामा राख्न सकिने निक्षेप सीमा पाँच प्रतिशतबाट सात प्रतिशत बनाइएको छ। यता निर्जीवन बीमा कम्पनीहरूले पनि आफ्नो कुल लगानीको १० प्रतिशतसम्म र लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। निर्जीवन बीमा कम्पनीहरूले पनि आफ्नो कुल लगानीको अनुसार गर्न सक्ने लगानी सीमामा कुनै परिवर्तन गरिएको छैन।
तर, यसरी लगानी गरिने कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशतसम्म मात्रै लगानी गर्न सक्ने व्यवस्था थियो। निर्जीवन बीमा कम्पनीहरूले सरकारी ऋणपत्रमा गर्न सक्ने लगानी सीमा कुल लगानीको २० प्रतिशतबाट बढाएर ३० प्रतिशत बनाइएको छ। निर्जीवन बीमा कम्पनीहरूले ख वर्गका विकास
प्रतिक्रिया दिनुहोस्