काठमाडौं । अमेरिकाले भारतामा लगायएको ट्यारिफ नीति पछि भारत सरकारले करका दरमा समायोजन गरेको छ । अमेरिकाको कर नीतिको प्रत्युत्तर स्वरूप भारतले बहुदरको गुड्स एन्ड सर्भिसेज ट्याक्स (जीएसटी) प्रणालीलाई सरल बनाउँदै ४ तहबाट घटाउँदै दुई तहमा लागू गर्ने निर्णय गरेको हो । भारतले साधारण वस्तुमा कर कम र लग्जरी वस्तुमा कर बढी गर्ने योजना बनाएको हो।
अमेरिकाको कर नीतिको प्रत्युत्तर स्वरूप भारतले बहुदरको गुड्स एन्ड सर्भिसेज ट्याक्स (जीएसटी) प्रणालीलाई सरल बनाउँदै ४ तहबाट घटाउँदै दुई तह (५ प्रतिशत र १८) लागू गर्ने निर्णय गरेको हो । जहाँ साधारण वस्तुमा कर कम र लग्जरी वस्तुमा कर बढी गर्ने गरिएको छ। यसले नेपालबाट निर्यात हुने निम्न वस्तुमा लाग्ने जीएसटी दरमा उल्लेख्य कमी आउनेछ।
भारत आयातीत अर्थतन्त्रमा निर्भर नेपालका लागि जीएसटीमा गरिएको महत्त्वपूर्ण फेरबदलले प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ । कृषि उपजदेखि गाडीसम्ममा लाग्ने जीएसटी कर घटाइएपछि नेपालमा उत्पादन हुने कृषि वस्तुले बजार गुमाउन सक्नेछ भने व्यापार घाटा झनै बढ्ने सम्भावना रहेको छ ।
यसैगरी, भारतले दैनिक उपभोग्य वस्तु (कपालको तेल, साबुन, स्याम्पु, टुथपेस्ट, साइकल) र भान्साका सामानमा जीएसटी १८ प्रतिशत वा १२ प्रतशितबाट घटेर ५ प्रतिशतमा झरेको छ। यसैगरी, घरेलु उपकरण २ इन्चसम्मका टिभी र भाँडा धुने मेसिन, एयर कन्डिसनरको जीएसटीमा २८ प्रतिशतबाट १८ प्रतिशतमा झारेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्ने क्रममा दिवाली उपहारु स्वरूप जीएसटीका दरहरूको समायोजनको घोषणा गर्दै सर्वसाधारण मानिसले प्रयोग गर्ने सामग्रीहरूमा करका दरमा उल्लेखनीय कटौती हुने घोषणा हुँन । यसले नेपालमा आयात गर्ने सामान मूल्य केही सस्तो हुने देखिएको छ । भने नेपालबाट भारतमा आयात हुने वस्तुको मूल्य अझ घट्ने देखिएको हो ।






प्रतिक्रिया दिनुहोस्