Skip to content

भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवाइ काठमाडौंमा

nabil bank

काठमाडौं । भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवाइ नेपाल भ्रमणमा आएका छन् ।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको निमन्त्रणामा उनी नेपालमा आएका हुन् ।

उनी नेपालमा आयोजना हुने ‘नेपाल इन्डिया जुडिसियल डायलग’ मा सहभागी हुन आएका हुन् । उक्त कार्यक्रम शुक्रबार र शनिबार हुनेछ ।

गवई भारतका ५२ औं प्रधान न्यायाधीश हुन् । उनी २०२५ मे १४ मा प्रधान न्यायाधीश बनेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime