Skip to content

उपत्यका प्रहरीको अनुरोध, ‘राति अबेर कुकरमा सिठ्ठी नलाऔं, बिहान चाँडै उठेर खोक्ने र खकार्ने नगरौं’

nabil bank

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि प्रदूषण कम गर्न स्थानीयलाई अनुरोध गरेको छ । प्रहरी कार्यालय रानीपोखरीले ध्वनि, धुँवा र फोहोरमुक्त छिमेकी अभियान लागू गर्दै सूचना जारी गरेको हो ।

प्रहरी कार्यालयले राति, बिहान, शौचालय तथा अन्य घरेलु क्रियाकलाप, सामाजिक तथा धार्मिक क्रियाकलाप र अन्य क्रियाकलाप गर्दा वा ससाना काम गर्दा उत्पन्न हुने ध्वनिलाई समेत नियन्त्रण गर्न भनेको छ ।

प्रहरीको सूचनामूलक सन्देशमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने नगरौं, गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौं, राती अबेर प्रेसर कुकरमा सिठ्ठी नलगाऔंलगायतका काम नगर्न आग्रह गरेको छ ।

प्रहरीको जारी सूचनामा राति अबेर शौचालय फ्रस गर्दा ध्वनि कम गर्ने उपाय गर्नुपर्ने, घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्ने, सडकमा अनावश्यक हल्ला नगर्नेलगायतका कामहरु नगर्नसमेत आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime