Skip to content

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

nabil bank

बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ ।

जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका सेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत १९ लाख ३८ हजार रुपैयाँ गरी जम्मा २४ लाख २२ हजार ५०० रुपैयाँ पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन भएको उनले बताए ।

सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime