काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ।
मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन्।
ग्राहकलाई उपलब्ध गराइएका सेवा, वित्तीय अवस्था, प्रविधि, सुशासन र सामाजिक उत्तरदायित्वलगायत क्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको हो।
यससँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक युरो मनी बेस्ट बैंक अवार्ड हात पारेको छ। यसअघि सन् २०२२/२०२४ मा पनि बैंकले सो अवार्ड जितिसकेको थियो। ग्लोबल आइएमई बैंक देशभर सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकको ३ सय ५२ शाखा कार्यालय, ३ सय ८४ एटिएम, १ सय ५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।






प्रतिक्रिया दिनुहोस्