काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय निर्णयले तीन वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज लामो समयदेखि अध्यक्षविहीन अवस्थामा रहेको थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएसँगै नेप्सेमा अध्यक्ष नियुक्त गरिएको थिएन ।
बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनले त्यसबाट राजीनामा दिएका थिए ।






प्रतिक्रिया दिनुहोस्