Skip to content

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

nabil bank

काठमाडौं । माछापुच्छ्रे बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गर्न सभा बोलाएको जनाएको हो । बैंकले असोज १० गतेका लागि २७औँ वार्षिक साधारणसभा बोलाएको हो । सभा होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा हुनेछ । सभा बिहान ११ बजे सुरु हुनेछ।

बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश पारित गर्ने छ । सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभा बोलाएको बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । भदौ २६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सभा बोलाएको बैंकले प्रतिसेयर १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime