Skip to content

सुन–चाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, कति छ बजार भाउ ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य २  हजार ५ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रूपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात्  बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला समय सुनको मूल्यले निरन्तरको रेकर्ड बनाउँदै बढ्दो क्रममा रहेको छ ।

यस दिन चाँदी पनि तोलामा १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी तोलाको २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime