Skip to content

जेनजी पुस्ताको आन्दोलनका आयोजकलाई दुर्गा प्रसाईले भने- २८ वर्षमुनिका भाइबहिनीमाथि दमन नहोस

nabil bank

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजी पुस्ताको आन्दोलनका आयोजकसँग भेटेका छन् ।

सामाजिक सञ्जालमा तस्बीर पोष्ट गर्दै प्रसाईले कार्यक्रमको पूर्वसन्ध्यामा जेनजीका संयोजक भाइबहिनीहरूलाई आफ्नो निजी निवासमा स्वागत गरेको उल्लेख गर्दै छोटो तर सार्थक संवादले अझ प्रष्ट पार्दै पारिदिएको उल्लेख गर्दै आफुहरुले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेको पाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन(जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ । छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन् । हामी सबै एउटै निष्कर्षमा पुग्यौँ—आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ।

त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो । भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई विदा गरेँ । चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime