काठमाडौं । सरकारी निकायको उच्च पदमा बस्ने, राजनीतिक गर्ने, राजनीतिक दलका नेताको आड लिने र त्यसको आडमा शक्तिको दूरुपयोग गर्दै आफ्ना सन्तानलाई विदेशमा पठाउने क्रम बढ्दो छ ।
कतिपय नेताहरु स्वदेशमा नै आफ्नो शक्तिको आडमा सन्तानलाई महंगा विद्यालयमा पढाउने, विलासी जीवन बिताउने गरेका छन् । यसका विषयमा अहिले सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ ।
हुनतः यतिबेला सरकारले फेसबुक, एक्स लगायत धेरै सामाजिक सञ्जाल बन्द गरेको छ । टिकटक भने सरकारले बन्द गरेको छैन । सरकारले बन्द नगरेको टिकटकमा नेपो बेबी अभियानको विरोध भइरहेको छ ।
सोमबार काठमाडौंको माइतिघरमा हुने भनिएको प्रदर्शनीका अभियन्ताहरुले अहिले टिकटकमा नेता तथा उच्च पदस्थहरुका सन्तातका तस्विर तथा भिडियो सार्वजनिक गरिरहेका छन् । यो अभियानलाई कलाकार तथा युटुबरले साथ दिएका छन् । सरकारले पछिल्लो समयमा फेसबुक,एक्स तलगायत बन्द गरेको छ । सरकारको यो निर्णयपछि पनि निकै विरोध भइरहेको छ । विरोधगर्नेहरुले नै भोली विरोध जनाउने भएका हु्न् ।
विरोधगर्ने युवा पुस्ताले ‘नेपो बेबी’ नामक नयाँ अभियान सुरु गरेका छन् । उनीहरुले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोध गर्ने जनाएका छन् । यो विषयमा सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड चलाइएको छ । पछिल्लो समय सरकारले गर्ने काम, लिने नीति प्र्रति युवा पुस्ता निरास बनेका छन् ।






प्रतिक्रिया दिनुहोस्