काठमाडौं । एभरेष्ट बैंकको कार्यकारी अधिकृत (सईओ) मा सुदेश खालिङ राई पुनः नियुक्त भएका छन् । २२ भदौमा बसेको बैंक सञ्चालक समितिको बैठकले ८ असोजदेखि लागु हुनेगरी आगामी ४ वर्षे कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
चार वर्षअघि बैंकको बैंकले नेपाली बैंकरलाई पहिलो पटक प्रमुख कार्यकारी अधिकृत बनाएको थियो । उनको पहिलो चार वर्षे कार्यकाल असोजमा सकिँदैछ । कार्यकाल सकिन लाग्दा उनी पुनः नियुक्त भएका हुन् ।






प्रतिक्रिया दिनुहोस्